शुक्रबार, भाद्र २६ गते २०८३
images

विस्का जात्रा : आज साँंझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 463
    SHARES
  • विस्का जात्रा : आज साँंझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने

    चैत ३० भक्तपुर । जिल्लाको विस्का जात्राको क्रममा बुधबार साँंझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका(५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ ।

    images

    आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो ।  जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।

    प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ । 

    images