शुक्रबार, भाद्र २६ गते २०८३
images

भक्तपुरको बिस्का जात्रा आज सकिँदै

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 363
    SHARES
  • भक्तपुरको बिस्का जात्रा आज सकिँदै

    वैशाख ५ भक्तपुर । नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन आज साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्ना समापन हुनेछ । 

    images

    भैरबनाथको रथलाई डोरीको सहायताले तानिन्छ । परम्पराअनुसार रथलाई दुई साइडबाट तानिन्छ । यसअघि २७ चैतमा यही रथ तानेर जात्रा सुरु भएको थियो । 

    जात्राको अन्तिम दिनलाई द्यो थाहा बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ । भक्तपुरको टौमढी क्षेत्रलाई नगरको मध्य भाग मानिन्छ । 

    images

    रथ तानिसकेपछि पाँंचतल्ले मन्दिर अगाडि पुयाएर जात्रा सकिन्छ । जात्रा सकेपछि भोलिपल्टदेखि रथलाई बगारेर काठ पाँचतल्ले मन्दिरको पछाडि सुरक्षित राखिन्छ । अर्को वर्ष यही काठ प्रयोग गरी रथ बनाइन्छ ।

    प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात् ५ वैशाखसम्म जात्रा मनाइन्छ । भैरबनाथको रथ काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीन तल्ले हुन्छ । यसमा चार वटा काठकै पांग्रा हुन्छन् । 

    रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चार वटा मोटोमोटो डोरी राखेर सयौं युवाले रथ तान्ने गर्छन् । जात्राको पहिलो दिनलाई नेपाल भाषामा द्यो क्वह बिज्याइज्यू अर्थात देवता (रथ)तल सवारी हुने भनिन्छ ।

    जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्को साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । यसरी नै जात्राको अन्तिम दिन द्यो थाहा विज्याइगु अर्थात् देवता माथि सवारी हुने भनिन्छ । त्यसकारण त्यो दिन माथितिर ६ वटा डोरी राखिन्छ ।  

    इतिहास एवं संस्कृतिविद् डा। पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर ९तीन सय वर्षभन्दा अघि० राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो ।तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत १८२६ सालमा मल्लकालिन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनैतिक(प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा सीमित भयो । अहिले फेरि यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउन थालेका छन् । 

    भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हो । साथै, मध्यपुर थिमीमा मनाइने जिब्रो छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ । 

    यसअघि जात्राको अन्तिम दिन दिउँंसो हात नभएको ल्योसिंद्य (लिंगो)) ढालिएको थियो । प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन २७ चैत विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन ५ वैशाख दिउँंसो ढाल्ने परम्परा छ ।