शुक्रबार, भाद्र २६ गते २०८३
images

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

एक्सप्रेस पाना
बैशाख ६, २०७९ मंगलबार
  • 841
    SHARES
  • लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

    वैशाख ६ काठमाडौं । राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएको छ ।

    images

    दोस्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्रो हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवं सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद ३ लाख प्रदान गरिएको छ ।

    प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेस्रो हुने दुई समूहले आपसी समझदारी गरेकाले तेस्रो र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरिएको हो । 

    images

    प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निस्शुल्क गीत रेकर्ड गरिदिने समेत महोत्सव आयोजक  डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजले घोषणा गरेको छ ।