शुक्रबार, भाद्र २६ गते २०८३
images

मौसम पूर्वानुमान : मनसुनी रेखाको प्रभाव,अझैँ तीन दिन भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 533
    SHARES
  • मौसम पूर्वानुमान :  मनसुनी रेखाको प्रभाव,अझैँ तीन दिन भारी वर्षाको सम्भावना

    काठमाडौँ । आगामी तीन दिन सम्म देशभर भारी वर्षाको सम्भावना रहेको छ ।   मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

    images

    आगामी तीन दिन प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अबको तीन दिन दिउँसो भन्दा रातको समयमा लामो वर्षा हुने बताइएको छ । विभागले प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं. दुई, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाको साथै प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

    images