वैशाख २२ काठमाडौं । गीतकार रमेश दाहालको शब्दमा समावेश बिल्कुलै नयाँ म्युजिक भिडियो 'कौवा करायो' सार्वजनिक भएको छ। यस गीतमा स्वर भोइस अफ नेपाल फेम्ड गायिका सुरक्षा सेन्चुरीको रहेको छ। पुरानो थिमलाई समेटेर तयार पारिएको यस गीतलाई टिका दाहालले संगीतवद्द गरेका हुन्।
गीतलाई संदेश परियारले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने कुरालाई देखाइएको छ। भिडियोमा विकाश लामिछाने र सन्ध्या बुढा ( काउली बुढी ) नव विवाहित दम्पति पात्रका रुपमा फिचर्ड छन्। हजुर आमाले नातिनीलाई आफ्नो समयमा कसरी संदेशहरु प्राप्त गरिन्थ्यो भन्ने कुरालाई रोचक ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ।
बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा दिनसन शाहको सम्पादन रहेको छ। केशब राज भट्टको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो 'टिका दाहाल म्युजिक' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।


