शुक्रबार, भाद्र २६ गते २०८३
images

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र २, २०७८ बुधबार
  • 333
    SHARES
  • मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

    काठमाडौँ ।  अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    images

    बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।