शुक्रबार, भाद्र २६ गते २०८३
images

तिमी र म

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 368
    SHARES
  • तिमी र म

    तिमी कता म कता कुरा गर्न मन थियो
    तिमीलाई भन्नु धैरे थियो सबै कुरा मनमै रह्यो । 

    images

    आउ तिमि यता उताको प्रवाह नगरी
    कुरी रहेछु म यता तिमी आउने बाटो हेरी । 

    तिम्रो नजर ममा पर्दा मेरो मनै फुर्तिलो भाथ्यो
    कता कता हिजो यो मन तिमीलाई सम्झी  पिरोल्या थियो । 

    images

    आउ हामी मायामा पुन: एकत्रित हौला
    विगतको याद र प्रशंग सम्झी सधैझैं दुवै रौला । 

    कस्तो थियो विगत हाम्रो पछि भयो उजाड किन
    अनुमती तिम्रो भए आउछु तिमीलाई घरमै लिन । 

    कस्ता कस्ता सपना थिए विलाई गए छिन भरमा
    तिमी विरानो भाको छैनौ गए पनि पराई घरमा । 

    लेखक : सागर अधिकारी/ सुर्यगढी नुवाकोट