मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी चलाउन रोक

एक्सप्रेस पाना
जेठ २८, २०७९ शनिबार
  • 442
    SHARES
  • आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी चलाउन रोक

    जेठ २८ काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

    images

    उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए ।

    सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

    images