मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पशुपतिको सल्लाहकारमा तायल मनोनीत

एक्सप्रेस पाना
जेठ २८, २०७९ शनिबार
  • 418
    SHARES
  • पशुपतिको सल्लाहकारमा तायल मनोनीत

    जेठ २८ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ ।

    images

    उनलाई आज समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए । उनका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धारलगायत कोषलाई विविध क्षेत्रमा योगदान पु¥याउनका लागि तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो । तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको बताइएको छ ।