मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तारको लठारो समाएर हिँड्ने पुरुषलाई सेनाको हेलिकोप्टरबाट गरियो उद्धार

एक्सप्रेस पाना
जेठ २८, २०७९ शनिबार
  • 453
    SHARES
  • तारको लठारो समाएर हिँड्ने पुरुषलाई सेनाको हेलिकोप्टरबाट गरियो उद्धार

    जेठ २८ काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर शनिबार बिहान ९ बजेदेखि हिँडिरहेका पुरुषको उद्धार गरिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

    images

    परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । यसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।