मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ग्यासको बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोरीको मृत्यु 

एक्सप्रेस पाना
जेठ २९, २०७९ आइतबार
  • 502
    SHARES
  • ग्यासको बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोरीको  मृत्यु 

    जेठ २९ हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ पशुपतिनगरमा भारतीय नम्बर प्लेटको एनओएल ०१ एल २९७१ नंबरको ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाईकलमा सबार बाबु छोरीको शनिबार राति मृत्यु भएको छ ।

    images

    बाराबाट हेटौँडातर्फ आईरहेको ग्यास बुलेटले सोहि दिशातर्फ आईरहेको ना ६१ प ४५७९ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सबार हेटौँडा ९ निवासी ५५ वर्षका इश्वरकुमार तामाङ तथा उनका २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    स्थानियका अनुसार बाटो सानो भएको र सवारीको चाप बढिभएको कारण उक्त दुर्घटना भएको जनाएका छन् ।

    images