जेठ २९ धनगढी । कैलालीको टीकापुर नगरपालिका बाढीको विपद्बाट जोगिन पूर्वतयारीमा जुटेको छ । नगरपालिकाले मनसुनको अवधिमा हुनसक्ने सम्भावित बाढी र त्यसको असर न्यून गर्न पूर्वानुमानमा आधारित पूर्वकार्य तथा विपद् उत्तरदायी सामाजिक सुरक्षासँग सम्बन्धित विस्तृत कार्ययोजना तयार गरेको हो । पूर्वतयारीका लागि नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ ३०, ३१ र असार १ गते बाढीमा कृतिम घटना अभ्यास गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले बाढीको जोखिमबाट बच्न सरोकारवाला सबै सङ्घ संस्था र संयन्त्रलाई तयारी अवस्थामा रहन आग्रह गर्नाका साथै विभागको शुक्रबारकोे मौसम अनुमानअनुसार नगरपालिका क्षेत्रमा पूर्व तयारी तथा प्रतिकार्यका लागि सबै निकायलाई जानकारी पनि दिएको छ । वर्षाले कर्णाली नदी आसपासका समुदाय डुवानमा पर्ने देखिएकाले उक्त समुदायलाई सुरक्षित राख्न पूर्वानुमानमा आधारित पूर्वकार्य सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा जेठ ३०, ३१ र असार १ गते सञ्चालन हुने कृत्रिम घटना अभ्यासका लागि सहयोग तथा समन्वय गर्न पालिकाका सबै विषयगत शाखालाई र परिचालन गरिएकोे बताएको छ ।
.jpg)


