असार ५ काठमाडौं । लमजुङको डुम्रे बेँसीशहर सडकअन्तर्गत सुन्दरबजार नगरपालिका–९, खहरेखोलामा आएको बाढीले अवरुद्ध भएको सडक डोजरको सहायताले खुलाउने प्रयास गरिएको छ । गए राति वर्षा भएपछि खोलाले बगाएर ल्याएको ढुङ्गा माटोले सडक अवरुद्ध भएको हो ।