मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बकैयाको खहरेमा पुल नहुदा बिद्यार्थीलाई बिद्यालय जान कठिनाई

एक्सप्रेस पाना
आषाढ ५, २०७९ आइतबार
  • 298
    SHARES
  • बकैयाको खहरेमा पुल नहुदा बिद्यार्थीलाई बिद्यालय जान कठिनाई

    हेटौंडा । पूर्वि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ काे हात्तीखाेला र भिरकाेट जाेड्ने सडक खाेलाले अवरुद्ध हुदा बिद्यार्थी हरु बिद्यालयमा जान कठिनाईमा परेका छन् । वर्षायाम सुरु भए सङ्गै भिरकाेट,हात्तीखाेला , हर्दा जाने सडक साना ठुला खहरे हरुले बाटो बिग्ररिने समस्याले स्थानीय बासिन्दाले दुख झेल्नुपरेको बताउछन् स्थानीयहरु, गाउँ गाउँमा सिंह दरबार आयाे भन्छन् तर गाउँलेकाे दु:खमा मलम पट्टी लगाउने काेहि नेता हरु भएन् ।

    images

    याे खहरे बाट वर्षैपिच्छे गिट्टी बालुवा उत्खनन गर्छन् ,तर बिकास भने हुन सकेको छैन बिद्यार्थीहरु स्कुल जाने बाटाे पनि यहि रहेकाे छ खहरेमा स्लाब तथा (पुल) नहुदा ओहाेर दाेहाेर गर्ने पनि निकै समस्या रहेकाे बताउछन् स्थानीय प्रदिप भाेम्जन, उनले भने कति बेला खहरे आउछ पत्तै हुदैन ,हिरामुनिकाे शिरमा पानि पर्ने बितिकै खहरे खाेला हरु ठूलो आउछ बिद्यार्थी हरु खाेलकाे किनारमा नै अलपत्र पर्छन् बिद्यालय जान कठिनाइ हुन्छ। काेहि भने जवरजस्ति गरेर तरे पनि स्कुल डेर्स पानिले भिजेकाे हुन्छ याे अबस्था हुदाँ पनि स्थानीय सरकार माैन बसेकाे छ ।