मकवानपुरकाे मनहरी गाउँपालिकामा विपद् व्यवस्थापन अभिमूखिकरण तालिम सुरु गरिएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–१४ गण हेडक्वाटर मकवानपुरको आयोजनामा मनहरीमा विपद् व्यवस्थापन तालिम दिन सुरु गरिएको हाे । विपद्बाट हुन सक्ने क्षतीलाई न्यूनिकरण गर्न मनहरी गाँउपालिकामा विपद् ब्यवस्थापन अभिमूखिकरण तालिम संचालन गरिएको हो ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला बिपद् ब्यवस्थापन समिती संयाेजन रहेकाे तालिमबाट स्थानीय तहमा बिपद् ब्यवस्थापन कार्यका लागि ज्ञान र सीप युक्त स्वयंसेवक उत्पादन गरिने बताइएकाे छ । तालिम कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले विपद् न्यूनिकरणलाई थप टेवा पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताए ।
खनालले विभिन्न सरोकारवाला पक्षसँग सहकार्य गरी पहिलो चरणमा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुपाल्चोक जिल्लाका विभिन्न १० वटा पालिकाहरुमा दक्ष प्रशिक्षक कर्मचारीहरुद्वारा बिपद् ब्यवस्थापन अभिमुखिकरण तालिम संचालन हुने बताए । सबै पालिकामा सशस्त्र प्रहरी बलले आयाेजना गर्ने गरि नेपालका दक्ष प्रशिक्षकद्वारा बिपद् ब्यवस्थापन अभिमुखिकरण तालिम संचालन हुने छन् । तालिमद्वारा नै समाजमा अनुशासित र दक्ष जनशक्ति उपलब्ध हुने र तालिममा सिकेका सिपले ब्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै फाईदा पुग्ने हुँदा खनालले बताए । सशस्त्र प्रहरी बल नेपाल परिवारकाे कार्यलाई मन्त्रालयको तर्फबाट सक्दाे सहयाेग रहने उनले बताए ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बिपद् ब्यवस्थापन तालिमले आपतकालिन् अवस्थामा जोखिम र क्षति न्युनीकरण गर्नमा मद्दत पुग्ने बिश्वास रहेकाे बताए । मनहरी गाउँपालिकामा आपतकालिन कार्य संचालन केन्द्र स्थापनाको पहल गर्ने उनले बताए ।
तालिममा विपद् व्यवस्थापन, विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका, चट्याङ्ग, भूकम्प, आगो तथा आगो नियन्त्रण, भत्केका घरहरुबाट पिडितको खोजी तथा उद्दार, बाढी, पहिरो तथा उद्दार, सडक दुर्घटना, प्राथमिक उपचार, घटना अध्ययन लगायतका सैद्धान्तिक जानकारी र व्यवहारिक अभ्यास तथा डेमो प्रदर्शनी गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्र बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा, मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे लगायतकाे उपस्थिति थियाे ।
.jpg)


