मंगलबार, कार्तिक १८ गते २०८३
images
images

हेटौंडा हुँदै काठमाडौं जाने छोटोमार्ग अवरुद्ध

एक्सप्रेस पाना
आषाढ ६, २०७९ सोमबार
  • 354
    SHARES
  • हेटौंडा हुँदै काठमाडौं जाने छोटोमार्ग अवरुद्ध

    असार ६ मकवानपुर । गएराति वर्षासँगै आएको पहिरोले हेटौंडा हुंदै काठमाडौ जाने छोटोमार्ग अवरुद्ध भएको छ । मकवानपुरको हेटौंडा सिस्नेरी हुंदै काठमाडौ जाने छोटोमार्गमा पहिरो आएपछि बाटो बन्द भएको हो ।

    images

    आज दिनभरको प्रयासपछि पनि अवरुद्ध सिस्नेरी सडकखण्डमा अझै यातायात संचालन हुन सकेको छैन । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङमा आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको हो । गत मंगलबार आएको वर्षा पछि आएकाे पहिराेका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा आइतबार मात्रै यातायात संचालनमा आएको थियो । यो बाटोहुंदै तराईको जिल्ला बारा, पर्सा र मकवानपुरबाट सुमो मार्फत दैनिक हजारौं यात्रुहरू संघीय राजधानी काठमाडौ आवतजावत गर्छन् ।

    यता मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ । साेमबार दिउँसाेकाे वर्षाका कारण आएको पहिरोले अवरुद्ध उक्त सडकखण्ड स‌चलानमा आएकाे हाे । भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित पान्द्राङमा वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध यातायात संचालनमा आएको ईलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त स्थानमा आएको पहिरो हटाइ साँझ ५ बजेदेखि यातायात संचालनमा ल्याइएकाे इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएकाे छ ।

    images