मंगलबार, कार्तिक १८ गते २०८३
images
images

खोलाले बगाउँदा बालकको मृत्यु

एक्सप्रेस पाना
आषाढ ७, २०७९ मंगलबार
  • 250
    SHARES
  • खोलाले बगाउँदा बालकको मृत्यु

    डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । 

    images

     पातल खोला तर्ने क्रममा परशुराम-११ स्थित पशुपतिनाथ प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिनुभयो । उनी विद्यालयबाट घर फर्किंदै थिए । 

    खोला तर्ने क्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत गोपाल साउद तथा कक्षा ८ मै अध्ययनरत रेसम साउद घाइते भएका छन् । बोहरालाई पिठ्यूमा राखी खोला तार्ने क्रममा गोपाल घाइते भएको प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो । घाइते दुवैको स्थानीयवासीले उद्धार गरेका थिए । 

    images