मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा प्रदर्शन

एक्सप्रेस पाना
आषाढ ७, २०७९ मंगलबार
  • 311
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा प्रदर्शन

    असार ७ हेटौंडा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा आज पनि विरोध प्रदर्शन भएको छ । राँके जुलुस प्रदर्शन राप्रपा नेपाल निकट युवाहरुले गरेका हुन् । मंगलबार साँझ प्रदर्शन गर्दै उनिहरुले गठबन्धन सरकार मूल्यवृद्धि,मंहगि र भ्रष्टचार गर्न मात्र बनेको भन्दै ‘गठबन्धन सरकार मुर्दावाद’ को नारा लगाएका थिए ।

    images

    उनिहरुले गरेको राँके जुलुस प्रदर्शन हेटौंडाको सानो पोखरा,बुद्धचोक हुँदै सिमाचोकमा कोणसभामा परिणत भएको थियो । उनिहरुले सरकारले तत्काल मूल्य वृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

    प्रदर्शनमा ‘राष्ट्रवादीहरु एक हौ,कालोबजारी मुर्दावाद,गठबन्धन सरकार मुर्दावाद,राप्रपा नेपाल जिन्दावाद,यो सरकार हो कि माफिया ? ’ जस्ता लगाएतका नाराहरु लगाईएका थिए । पछिल्लो पटक सरकारले पेट्रोलियम पदार्थ,खाना पकाउने ग्यास लगाएत दैनिक उपभोग्य वस्तुहरुमा भारी मूल्यवृद्धि गरे संगै देशैभर विरोध प्रदर्शन भइरहेको छ ।

    images