असार ८ काठमाडौं । छनानमा श्रमिकका समस्या र घर फिर्तीबारे कार्यक्रम गर्दै राजदूतावास कोरिया नेपाली राजदूतावास दक्षिण कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे कार्यक्रम जुन २६ आइतबारका दिन छनानमा हुने भएको छ ।
राजदूतावासले कोरियाको आप्रवासी श्रमिक सहयोग केन्द्र छनानको सभाहलमा आगामी जुन २६ तारिख आइतबारका दिन मध्याह्न १२ बजे उक्त कार्यक्रम गर्न लागेको कोरिका लागि श्रम काउन्सिलर रमा भट्टराईले जानकारी दिएकी छन् ।
नेपाली राजदूतावास सउलको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा श्रमिकका समस्या र घर फिर्ता तथा राजदूतावासले प्रदान गर्ने सेवाको विषयमा श्रमिकहरुसँग अन्तर्क्रिया गरिनेछ ।
यसो गर्दा श्रमिकका लागि केही मात्रामा सहजता मिल्ने र श्रमिकका अन्य विषयमा पनि जिज्ञासा प्राप्त गरि सहजता प्रदान गर्न सकिने दुतावासको बुझाइ छ ।
उक्त कार्यक्रममा छनान तथा आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई सहभागि हुन पनि राजदूतावासको अनुरोध छ ।
.jpg)


