मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

एक्सप्रेस पाना
आषाढ ८, २०७९ बुधबार
  • 250
    SHARES
  • बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

    असार ८ काठमाडौं । बेदकोट नगरपालिका-७ स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका-६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो । 

    images

    सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सख्त घाइते भएकी जोशीलाई अस्पताल पु¥याउने क्रममै मृत्यु भएको बताइएको छ । बसका चालक भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।