असार ८ काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । बुधबार संसदको राज्यका निर्देशक सिद्धान्त, नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरू सरकारले एक वर्ष जेल हाल्ने भनेको छ, म एक वर्ष जेल जान तयार छु,’ । याायात विभागका महानिर्देशक नवराज घिमिरेले अहिलेलाई सरकारी गाडीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य भएको बताए ।
‘२०७८ फागुनपछि व्यक्तिबाट नयाँ गाडी किन्दा इम्बोस्ड नम्बर राख भनेको हो । साउनदेखि नवीकरण गर्ने बेलामा हुन्छ,’ घिमिरेले भने,‘त्यो नम्बर कुदेको हुन्छ। त्यही भएर खुइँलिदैन ।’ इम्बोस्ड नम्बर प्लेटबारेको छलफलमा यातायात मन्त्री रेनुकुमारी यादव भने अनुपस्थित भएकी छन्।
.jpg)


