मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पालिका अध्यक्ष नेपालले गरे इन्द्रावती बिकास याेजनाकाे स्थलगत अनुगमन

एक्सप्रेस पाना
आषाढ १८, २०७९ शनिबार
  • 350
    SHARES
  • पालिका अध्यक्ष नेपालले गरे इन्द्रावती बिकास याेजनाकाे स्थलगत अनुगमन

    असार १८ नवलपुर । इन्द्रावति गाउँपालिका अध्यक्ष झम्क नेपालले शनिवार आफ्नो पालिका भित्र संचालनमा रहेकाे बिकास याेजनाहरुकाे अनुगमन गरेका छन् ।

    images

    पालिकाकाे प्राबिधिकसहितको टाेलीले निर्माणाधीन बाहुनेपाटी, ऐसेलु खर्क सडक, इन्द्रावती नदी नियन्त्रण (ग्याविन भराई) कार्यको अनुगमन र नवलपुर ज्यामिरे सडक खण्डको अनुगमन गरेका हुन् ।

    अनुगमनकाे क्रममा अध्यक्ष नेपालले बर्खाकाे समयमा नागरिकले सास्ति खेप्न नपर्ने गरि सडक निर्माणकार्य अगाडि वढाउन निर्देशन दिएका छन् । उनले सम्वन्धित ठेकेदार कम्पनीहरुलाई कामकाे गुणस्तरमा जनस्तरबाट गुनासाे नआउने गरि प्राबिधिक स्टामेट अनुसार गराउन निर्देशन दिएका छन् । नेपालले नदि नियन्त्रणकाे काम निरन्तर संचालन गरिने पनि बताएका छन् ।

    images