मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 337
    SHARES
  • सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

    साउन १७ काठमाडौं । केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । 

    images

    आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज बिहानैबाट प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    images

    विभागका अनुसार आजर राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

  • सम्बन्धित विषय:

  • # मौसम