हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको सरकारको डाटा सेन्टरमा आज आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका-४ को हुप्रचौरमा रहेको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको हो ।
सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेब गौतमले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरीको प्रयासका कारण करिब २ घन्टा पछी नियन्त्रणमा आएको गौतमले जानकारी दिनु भयो ।
.jpg)


