बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : यी स्थानमा भारी वर्षा

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 205
    SHARES
  • आजको मौसम : यी स्थानमा भारी वर्षा

    असोज १० काठमाडौं । प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । 

    images

    सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार प्रदेश १ र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।