बुधबार, कार्तिक १९ गते २०८३
images
images

कस्ताे छ आजकाे माैसम ?

एक्सप्रेस पाना
आश्विन १२, २०७९ बुधबार
  • 229
    SHARES
  • कस्ताे छ आजकाे माैसम ?

    असोज १२ काठमाडौं । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आजकाे माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । बाँकी प्रदेशमा आंशिक बदली रहने माैसमविद्ले जानकारी दिएका छन् ।

    images

    प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको विभागले आज बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ । 

    यस्तै अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । 

    images

    आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् । 

    प्रदेश १ र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भूभागमा अवस्थित रहेको छ ।