बुधबार, कार्तिक १९ गते २०८३
images
images

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

एक्सप्रेस पाना
आश्विन १२, २०७९ बुधबार
  • 208
    SHARES
  • चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

    सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

    images

    भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।