काठमाडौं । प्रदेश १, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आजकाे माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
अहिले बिहान प्रदेश १, मधेस तथा बागमतीमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
आज राति देशभर सामान्य बदली रहने छ । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
कतिपय ठाउँमा भारी वर्षाको सम्भावना देखिएकाेले भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनसमेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।
.jpg)


