बुधबार, कार्तिक १९ गते २०८३
images
images

करेन्ट लागेर दाजु-भाइको मृत्यु, आमा-छोरा घाइते

एक्सप्रेस पाना
आश्विन २०, २०७९ बिहीबार
  • 174
    SHARES
  • करेन्ट लागेर दाजु-भाइको मृत्यु, आमा-छोरा घाइते

    जनकपुरधाम । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु-भाइको मृत्यु भएको छ भने आमा-छोरा घाइते भएका छन् । 

    images

    आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका-२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो ।

    करेन्ट लागेर गम्भीर घाइते दुवैजनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए । करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा-छोराको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

    images