बुधबार, कार्तिक १९ गते २०८३
images
images

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

एक्सप्रेस पाना
आश्विन २३, २०७९ आइतबार
  • 181
    SHARES
  • रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

    रामेछापको खाँडादेवी गाउँपालिका-३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । 

    images

    दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस  दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दसैँको टिका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । 

    बसमा करिब ३० यात्रु सवार थिए । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभे्रपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

    images