बुधबार, कार्तिक १९ गते २०८३
images
images

तरकारी बोकेको मिनी ट्रक दुर्घटनाहुँदा दुईजना घाइते

एक्सप्रेस पाना
आश्विन २६, २०७९ बुधबार
  • 198
    SHARES
  • तरकारी बोकेको मिनी ट्रक दुर्घटनाहुँदा दुईजना घाइते

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

    images

    ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

    ट्रकका सहचालक बेनिघाट रोराङ-८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उहाँले बताउनुभयो । चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनी ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ । 

    images