काठमाडौँ । पहिरोको जोखिमका कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा ४१ दलित परिवार विस्थापित भई हाल विद्यालयमा बसेका छन् । ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए । उनीहरूलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन् ।
गाउँका केही घर पहिराले भत्किएका छन् । केही घर उच्च जोखिममा छन् । सिङ्गो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताए ।
.jpg)

