काठमाडौँ । निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
विहिबार काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
सन्दीपलाई गत सोमबार २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो । सन्दीपलाई २० गते नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।
.jpg)


