बुधबार, कार्तिक १९ गते २०८३
images
images

निर्देशन नमान्ने म्यानपावरलाई कारबाही गर्ने विभागको चेतावनी

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 220
    SHARES
  • निर्देशन नमान्ने म्यानपावरलाई कारबाही गर्ने विभागको चेतावनी

    वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका लागि जाने क्रममा ठगीमा परेको दाबी गर्दै परेका उजुरी फछ्र्यौट गर्न तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई  चेतावनी दिएको छ ।

    images

    विभागका निर्देशक कृष्णप्रसाद भुसालद्वारा बुधबार सूचना जारी गरी विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेका कामदारका उजुरीमा छलफल गर्न पटक–पटक पत्राचार गरी बोलाउँदा समेत केही म्यानपावर कम्पनीका सञ्चालक जानाजान विभागमा उपस्थित नभएर विभागको उजुरी फछ्र्यौट गर्ने काममा असहयोग गरेकोे सार्वजनिक गरेका छन् । 

    विभागले भनेको छ, ‘विभागमा दर्ता भएका उजुरीका सम्बन्धमा यस विभागबाट गरिने पत्राचार, आदेश तथा निर्देशन केही इजाजतपत्र कम्पनीबाट पालन नहुँदा समयमै उजुरी फछ्र्यौट गर्ने कार्यमा सख्त बाधा पुग्न गएको छ । ऐन तथा नियमावलीका व्यवस्था तथा विभागले दिने निर्देशन कार्यान्वयन नगरे ऐनको दफा ५४ बमोजिम कारबाही गर्ने अधिकार ऐनले विभागलाई दिएको समेत विभागले व्यवसायीलाई स्मरण गराएको छ ।’

    images

    उक्त दफा ५४ मा ऐन र ऐन अनुसार बनेको नियम, आदेश वा निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीलाई पहिलोपटक सचेत गराउने, दोस्रो पटक पचास हजार रूपैयाँ जरिवाना र तेस्रो पटक सोही कसुर दोहो¥याएमा एक लाख जरिवाना गरी इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ ।

    आफ्नो कम्पनीका सम्बन्धमा परेका उजुरीमा फछ्र्यौट गर्न जानकारी पाएर पनि सम्पर्कमा नआउने केही म्यानपावर कम्पनीका सञ्चालकको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ । वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगार नियमावली एवं वैदेशिक रोजगार विभागले बेलाबेलामा  प्रदान गर्ने नीतिगत मार्गनिर्देशन अवलम्बन गर्नु वैदेशिक रोजगार व्यवसायीको व्यावसायिक कर्तव्य भन्दै त्यसलाई व्यवसायीले अनिवार्यरूपमा पालना गर्नुपर्ने विभागको भनाइ छ ।