बुधबार, कार्तिक १९ गते २०८३
images
images

हातहतियारको सुचना चुहाएको आरोप लागेका हवल्दारले पाए सफाइ

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 279
    SHARES
  • हातहतियारको सुचना चुहाएको आरोप लागेका हवल्दारले पाए सफाइ

    सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली नगरपालिका-२ मुल्लाका सशस्त्र प्रहरीका हवल्दार नरेश सिंह साहुले सफाइ पाएका छन् ।

    images

    हवल्दार साहुले सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाएका हुन् । उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याएका थिए।तर, गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो।

    २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए। तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा उनी जेल पुगेका थिए।

    images

    गत जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ कारागार पठाइएको थियो ।