बुधबार, कार्तिक १९ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 189
    SHARES
  • मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

    रामपुर नगरपालिका-५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रामपुर-५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो ।

    images

    उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका-१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई  ठक्कर दिएको हो । 

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images