काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस आजबिहान ३ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके चोकमा दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । बस अनियन्त्रित भई सडको छेउमा पल्टिएको छ ।
दुर्घटनामा घाइते यात्रुको लालबन्दी र बयलबासमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलबासले जनाएको छ ।
घाइतेमध्ये बसका सह–चालक झापाको मेचीनगर नगरपालिका–७, बस्ने २१ वर्षीय प्रदीप पुरीको अवस्था भने गम्भीर रहेको छ । पुरीलाई लालबन्दीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि झापातर्फ नै रिफर गरिएको छ । चालक निदाएका कारण बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
.jpg)


