पर्सा क्षेत्र नम्बर ४ मा पर्ने पोखरीया नगरपालिकाको विभिन्न गाउँमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारले बुधबार चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।
पर्सा ४ का काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले दलका नेता कार्यकर्तासँगै पोखरीया नगरपालिकाको वसन्तपुर र फुलवरीयामा घरदैलो कार्यक्रम गरेका हुन् ।
काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका रिजालले मधेस र मधेसीको अधिकार र मुद्धाको पक्षमा काँग्रेसले सदैव साथ दिने बताए । घरदैलो कार्यक्रममा काँग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवलगायतको सहभागिता रहेको थियो ।
.jpg)


