बुधबार, कार्तिक १९ गते २०८३
images
images

पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 198
    SHARES
  • पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम

    काठमाडौं । आज मुलुकका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरैर बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    images

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    अहिले बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज राति पनि पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् ।

    images

    देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ ।