बुधबार, कार्तिक १९ गते २०८३
images
images

कमेडियन अपूर्वक्षितिजलाई धरौटीमा छोड्न अदालतको आदेश

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 304
    SHARES
  • कमेडियन अपूर्वक्षितिजलाई धरौटीमा छोड्न अदालतको आदेश

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले कमेडियन अपूर्वक्षितिज सिंहलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

    images

    बिहीबार अदालतले उनलाई  २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

    न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो । बिहीबार अदालतले उनको बयान लिएको थियो । विहिबार नै भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

    images

    सरकारी वकिलको कार्यालय काठमाडौंले कमेडियन अपूर्वले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा कसुरमा बुधबार अदालतमा दर्ता गरेको थियो ।