बुधबार, कार्तिक १९ गते २०८३
images
images

नुहाउन गएका दुई किशोरी बेपत्ता

एक्सप्रेस पाना
कार्तिक ५, २०७९ शनिबार
  • 263
    SHARES
  • नुहाउन गएका दुई किशोरी बेपत्ता

    तुलसीपुर । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् ।

    images

    बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका-२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् ।   

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए ।

    images

    तुलसीपुर उपमहानगरपालिका-११ र दङ्गीशरण गाउँपालिका-२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए ।

    दङ्गीशरण-२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन् । दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताए । 

    स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।