बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकको अध्यक्षमा पुनः मनोरथ दुलाल

एक्सप्रेस पाना
कार्तिक ५, २०७९ शनिबार
  • 218
    SHARES
  • नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकको अध्यक्षमा पुनः मनोरथ दुलाल

    कार्तिक ५ मेलम्ची ।, नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकको चौथो जिल्ला अधिवेशन मेलम्चीमा सम्प्न्न भएको छ । कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले गर्नुभएको थियो । परिषदको नया नेतृत्व चयन गरिएको मेलम्ची अध्यक्ष दिप खतिवडाले जानकारी दिनुभयो । 

    images

    अध्यक्षमा पुन मनोरथ दुलाल चयन हुनु भएको छ । उपाध्क्षमा रोशन भट्टराइ र मधुसुदन न्यौपाने, बरिष्ठ महिला उपाध्क्षमा अम्बिका पराजुली, सचिव अर्जुन भट्टराइ, सह सचिव एलिसा विक, कोषध्यक्षमा सरिता भट्टराइ चयन हुनुभयो । विद्यालय कर्मचारीले उचित तलब र समान ब्यबहार होस भन्ने आफ्नो माग रहेको बताएका छ्न । 

    नेपाल विद्यालय कर्मचारी परिषदका पाँचपोखरी थाङपाल अध्यक्ष कमला धितालले आधापेट खाएरभएपनि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष तवारीले विद्यालय कर्मचारी परिषद विद्यालय कर्मचारीको माग पुरा गराउन निरन्तर आन्दोलनमा रहेको बताउनुभयो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष प्रदिप श्रेष्ठ, नेपाल शिक्षक महासंघ मेलम्चीका अध्यक्ष अध्यक्ष शिवप्रसाद ढुगाँना, इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ , एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष यादव दुलाल,रेडियो मेलम्चीका म्यानेजर देवराज सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

    images