बुधबार, कार्तिक १९ गते २०८३
images
images

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 250
    SHARES
  • सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

    नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    images

    अदालतले चौथोपटक २ दिन म्याद थपका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए । 

    सन्दीपमाथि १७ वर्षीया किशोरी बलात्कारको आरोप छ । सन्दीपले भदौ ५ गते होटलमा लगेर बलात्कार गरेको आरोप किशोरीले जाहेरीमा लगाएकी छन् ।

    images

    सन्दीप असोज २० गते विदेशबाट फर्किएपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो । सन्दीपले जाहेरीकर्ता युवती १८ वर्षभन्दा माथिको रहेको दाबी गर्दै आएका छन् ।