बुधबार, कार्तिक १९ गते २०८३
images
images

आगलागी पिडितका लागि ४ लाख ३७ हजार रुपैँया संकलन, अभियानलाई निरन्तरता दिइने

एक्सप्रेस पाना
कार्तिक ९, २०७९ बुधबार
  • 321
    SHARES
  • आगलागी पिडितका लागि ४ लाख ३७ हजार रुपैँया संकलन, अभियानलाई निरन्तरता दिइने

    मंगलवार राति मेलम्ची बजारमा लागेको आगोबाट पिडितहरुलाई राहत स्वरुप हस्तान्तरणका लागि सहयोग रकम संकलन गरिएको छ । राहत संकलन तथा सहयोग समितिले आज मेलम्ची बजारमा रकम संकलन अभियान नरे सञ्चालन गरेको थियो । 

    images

    हिजोको अभियान बाट ४ लाख ३७ हजार रुपैँया संकलन भएको उद्योग वाणिज्य सघं सिन्धुपाल्चोकका प्रतिनिधि प्रकाश दाहालले जानकारी दिनुभयो । समितिले भोली पुनः संकलनको कामलाइ निरन्तरता दिने जनाएको छ । संकलित रकम क्षतिको आधारमा छिट्टै पिडितहरुलाई हस्तान्तरण गरिने अगुवा सागर श्रेष्ठले जानकारी दिनुभयो । 

    साथै आगलागी बाट पिडितभएका हरुको उत्थानका लागि सहयोग गर्न समेत समितिले अपिल गरेको छ । दीपक दुलाल, राजन दुलाल, केदार दुलाल र माधव दुलालको घरमा मंगलबार मध्यरातितिर आगालागी भएको हो । उनीहरुको घरसँगै त्यहाँ रहेका तीनवटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।  

    images

    घरमा आगालागी हुँदा झण्डै ३ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आर्थिक क्षति भएको छ । २४ पिलरको ६ वटा सटर रहेको भुँईँतले घरमा आगालागी भएको छ । दुलाल परिवारले डेढ करोड रुपैयाँको लगानीमा घर बनाएको प्रहरीलाई जानकारी दिनुभयो । उक्त घरमा बेकरी, चिया पसल र एक ठूलो किराना पसल सञ्चालित थिए । पसलमा आगालागी हुँदा १ करोड ९४ लाख रुपैयाँ मुल्य बराबरको सामाग्री र धनमाल क्षति भएको इन्स्पेक्टर भण्डारीले जानकारी दिनुभयो  । हरिशरण श्रेष्ठ, माधव गौतम, सुनिल केसी पसल सञ्चालक थिए । मेलम्ची नगर उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्कर प्रसाद धितालले ब्यक्ति, सघंसंस्था, ब्यबशायीक केन्द्र, क्लब तथा विभिन्न संगठनहरुलाई सहयोगका लागि अपिल गर्नुभएको छ ।