शुक्रबार, भाद्र २६ गते २०८३
images

म्यान्जुकिकद्धारा सन्यास घोषणा

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 449
    SHARES
  • म्यान्जुकिकद्धारा सन्यास घोषणा

    एजेन्सी । क्रोएशियाका पूर्व फरवाड मारियो म्यान्जुकिकले व्यावसायिक खेल जीवनबाट  सन्यास लिएका छन् । 

    images

    उनले शुक्रबार आफ्ना छोरा मारियोलाई सम्बोधन गर्दै करिब १७ वर्षको लामो खेल जीवनबाट सन्यास लिएको घोषणा गरे ।

    ३५ वर्षका मारियो म्यान्जुकिकले आफ्नो खेलकुद जीवनमा जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट फुटबल खेलेका थिए ।

    images

    पछिल्लो समय इटालियन क्लब एसी मिलानमा आबद्ध रहेका उनले यसअघि २०१८ को फिफा  विश्वकपमा क्रोएसीया उपविजेता बने पछिनै राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए ।

    अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको करिब ३ वर्षपछि व्यावसायीक जीवनबाटै सन्यास लिएका हुन् ।

    उनले चार अलग–अलग राष्ट्रबाट शीर्ष डिभिजनको लिगको च्याम्पियन बन्ने शैभाग्या पाएका थिए । त्यसपछि पछिल्लो पटक जर्मन क्लब बायर्नबाट च्याम्पियन्स लिगको उपाधि जित्दै गर्दा उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फुटबलबाट सन्यास लिने बताएका थिए।241247035_537125227394800_8914551406485153523_n.jpg