शुक्रबार, भाद्र २६ गते २०८३
images

अमन प्रधान र सुचिन्दा श्रेष्ठको “तिमी मेरो“ को चर्चा चुलियो (भिडियोसहित)

एक्सप्रेस पाना
फाल्गुण २०, २०७९ शनिबार
  • 325
    SHARES
  • अमन प्रधान र सुचिन्दा श्रेष्ठको “तिमी मेरो“ को चर्चा चुलियो (भिडियोसहित)

    सिन्धुपाल्चोक । गायिका तथा मोडल सुचिन्दा  श्रेष्ठको “तिमी मेरो“ बोलको गीत भावसागर युट्युव च्यानल  मार्फत सार्वजनिक भएसंगै नेपाली साङगितिक बजारमा यो गीतले चर्चा बटुल्न थालेको छ ।

    images

    कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडल तथा नायक सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठ स्वयंले अभिनय गरेका छन ।

    प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोले युट्युव र टिकटकमा चर्चा बटुलिरहेको छ। मुलुकको समसामयिक अवस्थाले तीन वर्षदेखि विदेशमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ।

    images

    चर्चित निर्देशक राजेशपुमा राइले भिडियो रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा प्रस्तुत गर्न सफल भएका छन् । गीतको शब्द वरिष्ठ गीतकार अम्बिका गुरुङले लेखेकी हुन् । वेष्टन पप जनरामा बनेको गीतको एरेन्ज, मिक्स, माष्टर राहुल प्रधानले गरेका छन्। यो गीतको संगीत, चर्चित संगीतकार तथा गायक अमन प्रधानले गरेका हुन । 

    गायन र नृत्य कलामा अब्बल सुचिन्दा श्रेष्ठको यस अघि “एक चोटि आईदेउन“ बोलको गीत हाईलाईट्स नेपाल युट्युब च्यानलबाट रिलिज भै सकेको छ ।