बिहीबार , कार्तिक २० गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 144
    SHARES
  • कस्तो छ आजको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा  देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। 

    राती भने बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    images

    देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ ।