सोमबार, कार्तिक १७ गते २०८३
images
images

कालिन्चोक ३ मा वडा स्तरीय बाल सञ्जाल गठन

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 1.1K
    SHARES
  • कालिन्चोक ३ मा वडा स्तरीय बाल सञ्जाल गठन

    भदौ २६ कालिन्चोक । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका ३ मा वडा अध्यक्ष निशान बुढाथोकीको अध्यक्षतामा तथा टुकि सिविन स्रोत केन्द्रको विशेष सहयोगमा आज (शनिबार)बसेको बैठकले वडा स्तरीय १३ सदस्यीयको नव प्रगतिशील बाल सञ्जाल गठन गरेको छ ।

    images

    त्यसैगरी अध्यक्षमा आभास ढुङ्गेल चयन भएका छन् । भने उपाध्यक्ष साजन पाठक , कोषाध्यक्षमा प्रकृति पाठक , सचिवमा मनिता खड्का र सदस्यमा विनिता पोत्त्रेल लगाएका चयन भएका छन् । आज गठन गरिएको सञ्जालको मुख्य उदेश्य भनेको बाल अधिकारको जगेर्ना गर्ने , जनचेतनामूलक कार्यक्रमहरु सं सञ्चालन गर्ने, बाल संरक्षण गर्ने , नेतृत्वको क्षमता विकास गराउने , समग्रमा भन्दा बालबालिकाको हकहितका निम्ति यसले काम गर्नेछ । दिनप्रतिदिन समाजमा बढ्दै गैइरहेको अर्थात् बर्सौदेखी जडागाडेर बसेको, सामाजिक विकृतिको रुपमा बढेको धूम्रपान तथा मध्यपान सेवनलाई न्यूनीकरण गर्ने जस्ता यसको उदेश्य रहेको सामाजिक परिचालनका आरती ओलिले जानकारी दिनुभयो ।

    टुकी सिविन स्रोत केन्द्रले विगत लामो समय देखि बालबालिकाका सवालमा समाजमा हुने विभिन्न प्रकारका घटना र त्यस्ता घटना हुन नदिन जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।241727210_599302841245249_2971163351848303743_n.jpg241715622_832453987446669_4597514531174543352_n.jpg241691715_591131105584887_6340295587233832372_n.jpg

    images