सोमबार, कार्तिक १७ गते २०८३
images
images

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 284
    SHARES
  • जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ

    भदौ २८ गण्डकी । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

    निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपाराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images