म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर १ र २ को सिमानामा पर्ने भेडिओडार पर्यटकको पर्खाइमा छ ।
समुन्द्रि सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा रहेको भेडिओडारको प्रशस्त पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेको छ ।
प्रचारप्रसार र पूर्वाधारको कमीले हिमशृङखला, सुर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिने भेडिओडार सुनसान छ ।
रघुगंगा गाउँपालिकाको भगवति देखि रुइसेसम्म गाडीमा २० मिनेट र रुइसेदेखि ३० मिनेट पैदल हिडेपछि भेडिओडार पुगिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि दुई घण्टा लाग्छ ।
ठूलो ढुङ्गा मुनीको ओडारमा हिउँद याममा भेडाको गोठ राख्ने गर्छन् । ढुङ्गा माथी घेराबार गरेर दृष्य अवलोकन स्थल बनाइएको छ । पहाडको उच्च स्थानमा समथर भागमा रहेको भेडिओडारबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।
म्याग्दी, पर्वत र बागलुङको भूगोल अवलोकन गर्न सकिन्छ । भेडिओडार धौलागिरि आइसफल पदमार्गमा समेटिएको छ । व्यवस्थित पदमार्ग, खानेवस्ने सुविधा र भेडिओडारको विशेषताको बारेमा प्रचारप्रसार हुन सकेको छैन् ।
.jpg)


